Skip to main content

Posts

आगमन

धेरै समयको लेखन विश्राम पछि हातका औंलाहरु फेरि सलबलाउन थाले। एउटा परिकल्पना थिइन आर्जु , छुट्टै कल्पना थियो मेरो , अनि माया पिरतिका कथा थिए । मनमा धेरै कथाहरुले बिस्फोटन गर्न थाले , मनमा एउटा बेचैनी जस्तै हुन थाल्यो । अनि सुरु गरे स्वोर्णिम सम्झनाका कथाहरु । मेरो परिकल्पना - आर्जु , आज उन्को परिकल्पना धमिलो हुँदै गयो किनकि म सङ मेरो बर्तमान छ मेरो बास्तविकता छ आज। त्यो परिकल्पनाको अन्त्य सङै एउटा सुन्दर कथाको रचना गर्नु थियो  । त्यस दिन , Feb 25 अझ भनौ valentine month, +2 कलेजका दिनहरु ।  जुन कथा लेख्न गइरहेको थिए न त त्यस्को सुरुवात याद आयो न त कुनै अन्त्य नै छ जस्तो लाग्यो । भनेको थिए आर्जुलाइ महिनाको अन्त्यमा घुमाउन लैजान्छु भनेर । त्यतिखेर मैले एउटा निलो रङ्ग को स्कुटर पनि किनेको थिए , त्यसै स्कुटरमा आर्जुलाइ घुमाउन लैजाने ठूलो धोको थियो तर जैले रिसाएर , न त स्कुटिले आर्जुलाई घुमाउन पायो न त मैले आर्जुलाइ घुमाउन लैजाने सपन पूरा गर्ननै सकेको थिए । अहिले आएर साइत जुरेको रहेछ क्यारे । सनिबार फन पार्क घुम्न जाने भइयो । नरिसाउन पनि किन , न त मैले रोज डे मा गुलाब नै टिपेर दिए ...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति...

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

कलमको खोजिमा

मेरै मुटुसङै टासिएर बसेको थियो त्यसदिन, त्यो निर्जिब कलम । अह: अलिकती पनि चलमलाएन । मैले मेसो सम्म पनि पाइन उ मसङै छ भनेर । म त्यो भिडमा एउटा कलम खोज्दै हिडेको थिए, उफ ! म कतिसम्म हुस्सु : जुन कुरा आफैसङै थियो , त्यही अरुसङ माग्दै हिडेको थिए, तर मैले महसुस गर सकिन । साएद मेरो ब्यवहार देखेर चित्त दुखाउदै थियो होला तर आँसु झार्न सकेन , चुपचाप रहिरह्यो मेरो कलम । केही दिन पहिले मात्रै मैले उस्लाइ पर सुनसान सडकमा अलपत्र अवस्थामा भेट्टएको थिए । सोचेको थिए , मेरा जिबनका अघिल्ला केही पानाहरु अब यसैले लेख्नेछ । मनमनै सोच्दै थिए , जिबनका केही पलहरुलाइ अक्षरमा उतार्न नपाउदै फेरि अलपत्र परेछ क्यारे मेरो कलम । ..... म हिड्दै थिए फेरि एउटा अर्को कलमको खोजिमा ........

तिम्रो कथा

जादा जाँदै रातिको ११ बजिसकेको थियो । नाइट बसले खाना खान भनेर नारायनगणमा रोक्यो, खाना खान पटक्कै मन थिएन त्येसैले पुलतिर हिड्दै गए । उ एकोहोरो पाराले बगिरहेको पानी हेरेर बसिरहेको थियोे । म, उसङ बोल्ने उदेश्यले उसको नजिक गए। अध्यारोमा उस्को अनुहार चिन्न सकिन , अनि बिना प्रसङ्ग रातको त्यो चिसो मौसमलाइ लिएर उसङ बोल्ने प्रयास गरे । एकैछिनमा पल्लोतिरबाट आउदै गरेको गाडिको चहकिलो बत्तिले उस्को अनुहार प्रस्टै सङ देखियो । मोति जस्तै चम्किरहेका थिए उस्का आखामा ती आसुहरु । मुटु चिसो भयो, कुनै नौलो अनुहार थिएन त्यो । उ लाग्छ बर्सौ पुरानो सम्बन्ध थियो त्यो अनुहार सङ ।  उस्को र मेरो भेट धरानको बि.पि. कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा भएको थियो । अस्पतालको त्यो सैयामा उस्ले कसैलाई जिवनदान दिएको थियो, या भनौ मेरो यो जीवन उसैको ऋण थियोे। उस्को त्यो सानो प्रयासले धेरैको मुहारमा खुसीका किरणहरु झल्किरहेका थिए। त्यसदिन म बिरामी थिए , आज मैले उसलाई बिरामी देखिरहेको छु । मैले उस्लाइ त्याहाबाट गाडी रोकिएको ठाँउतिर लगेर गए र तातो चियाको चुस्की लगाउदै उस्को अँखामा आँसु बनेर बगिरहेका उसका मनका चित्रहर...

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! ...