Skip to main content

Posts

Showing posts from February, 2019

आगमन

धेरै समयको लेखन विश्राम पछि हातका औंलाहरु फेरि सलबलाउन थाले। एउटा परिकल्पना थिइन आर्जु , छुट्टै कल्पना थियो मेरो , अनि माया पिरतिका कथा थिए । मनमा धेरै कथाहरुले बिस्फोटन गर्न थाले , मनमा एउटा बेचैनी जस्तै हुन थाल्यो । अनि सुरु गरे स्वोर्णिम सम्झनाका कथाहरु । मेरो परिकल्पना - आर्जु , आज उन्को परिकल्पना धमिलो हुँदै गयो किनकि म सङ मेरो बर्तमान छ मेरो बास्तविकता छ आज। त्यो परिकल्पनाको अन्त्य सङै एउटा सुन्दर कथाको रचना गर्नु थियो  । त्यस दिन , Feb 25 अझ भनौ valentine month, +2 कलेजका दिनहरु ।  जुन कथा लेख्न गइरहेको थिए न त त्यस्को सुरुवात याद आयो न त कुनै अन्त्य नै छ जस्तो लाग्यो । भनेको थिए आर्जुलाइ महिनाको अन्त्यमा घुमाउन लैजान्छु भनेर । त्यतिखेर मैले एउटा निलो रङ्ग को स्कुटर पनि किनेको थिए , त्यसै स्कुटरमा आर्जुलाइ घुमाउन लैजाने ठूलो धोको थियो तर जैले रिसाएर , न त स्कुटिले आर्जुलाई घुमाउन पायो न त मैले आर्जुलाइ घुमाउन लैजाने सपन पूरा गर्ननै सकेको थिए । अहिले आएर साइत जुरेको रहेछ क्यारे । सनिबार फन पार्क घुम्न जाने भइयो । नरिसाउन पनि किन , न त मैले रोज डे मा गुलाब नै टिपेर दिए न त भ्याल