Skip to main content

Posts

Showing posts from March, 2020

क्वारेन्टाइनले बनाएको सम्बन्ध

"क्वरेन्टाइनको बेला म भन्डारी गाउँमा बसेको थिए, मेरो पुर्ख्यौली गाउँ । धित मरुन्जेल काफल खाइयो यसपाली " उ गफ दिदै थियो साथिहरुको जमातमा । मलाई भने भन्डारी गाउँ  सुन्ने बित्तिकै उनको याद आयो । कुशुम भन्डारी । घर उनको प्रदेश न. ६ । क्वारेन्टाइनले सुरु गरेको त्यो सम्बन्ध मेरो आखामा फ्लयासब्याक जसरी आउन थाल्यो । कोरोना भाइरस को कारण होम क्वारेन्टाइनमा थिए म पनि । पुरै दुनिया क्वारेन्टाइन र आइसोलेसनमा थियो भन्दा पनि फरक पर्दैन । ब्याक्ग्राउन्डमा चिसापानीको सस्पेन्सन बृज अनि फोटोको एक कुनामा चिसापानीको चिसो हावालाइ स्पर्श गर्दै खिचिएको उनको आकृति । प्रोफाइल फोटोमै निधारमा चिटिक्क परेको टीका, कर्ली कर्ली कपाल अनि प्वाउट गर्दै खुम्च्याइएको मुख । फेसबुकमा रिक्वस्ट देखे, चिसापानीको त्यो पुल देख्ने बित्तिकै कोइ चिनेकै मान्छे हुनुपर्छ भनेर रिक्वेस्ट एसेप्ट गर्न प्रोफाइल खोले । एउटा अर्को फोटो अप्लोड गरिएको थियो , ठूलो चस्मा लगाएर लिइएको सेल्फी, कुन चै इडिटिङ एपको कमाल थियो त्यो कुन्नी , हिउँ झै गोरि देखिएकी थिइन उनी । रिक्वय्सट एसेप्ट गरे । मेसेन्जरमा हरियो सिग्नल देखायो । "हाइ