Skip to main content

Posts

Showing posts from February, 2016

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र !