Skip to main content

Posts

Showing posts from 2017

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म

कलमको खोजिमा

मेरै मुटुसङै टासिएर बसेको थियो त्यसदिन, त्यो निर्जिब कलम । अह: अलिकती पनि चलमलाएन । मैले मेसो सम्म पनि पाइन उ मसङै छ भनेर । म त्यो भिडमा एउटा कलम खोज्दै हिडेको थिए, उफ ! म कतिसम्म हुस्सु : जुन कुरा आफैसङै थियो , त्यही अरुसङ माग्दै हिडेको थिए, तर मैले महसुस गर सकिन । साएद मेरो ब्यवहार देखेर चित्त दुखाउदै थियो होला तर आँसु झार्न सकेन , चुपचाप रहिरह्यो मेरो कलम । केही दिन पहिले मात्रै मैले उस्लाइ पर सुनसान सडकमा अलपत्र अवस्थामा भेट्टएको थिए । सोचेको थिए , मेरा जिबनका अघिल्ला केही पानाहरु अब यसैले लेख्नेछ । मनमनै सोच्दै थिए , जिबनका केही पलहरुलाइ अक्षरमा उतार्न नपाउदै फेरि अलपत्र परेछ क्यारे मेरो कलम । ..... म हिड्दै थिए फेरि एउटा अर्को कलमको खोजिमा ........