Skip to main content

Posts

Showing posts from 2016

तिम्रो कथा

जादा जाँदै रातिको ११ बजिसकेको थियो । नाइट बसले खाना खान भनेर नारायनगणमा रोक्यो, खाना खान पटक्कै मन थिएन त्येसैले पुलतिर हिड्दै गए । उ एकोहोरो पाराले बगिरहेको पानी हेरेर बसिरहेको थियोे । म, उसङ बोल्ने उदेश्यले उसको नजिक गए। अध्यारोमा उस्को अनुहार चिन्न सकिन , अनि बिना प्रसङ्ग रातको त्यो चिसो मौसमलाइ लिएर उसङ बोल्ने प्रयास गरे । एकैछिनमा पल्लोतिरबाट आउदै गरेको गाडिको चहकिलो बत्तिले उस्को अनुहार प्रस्टै सङ देखियो । मोति जस्तै चम्किरहेका थिए उस्का आखामा ती आसुहरु । मुटु चिसो भयो, कुनै नौलो अनुहार थिएन त्यो । उ लाग्छ बर्सौ पुरानो सम्बन्ध थियो त्यो अनुहार सङ ।  उस्को र मेरो भेट धरानको बि.पि. कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा भएको थियो । अस्पतालको त्यो सैयामा उस्ले कसैलाई जिवनदान दिएको थियो, या भनौ मेरो यो जीवन उसैको ऋण थियोे। उस्को त्यो सानो प्रयासले धेरैको मुहारमा खुसीका किरणहरु झल्किरहेका थिए। त्यसदिन म बिरामी थिए , आज मैले उसलाई बिरामी देखिरहेको छु । मैले उस्लाइ त्याहाबाट गाडी रोकिएको ठाँउतिर लगेर गए र तातो चियाको चुस्की लगाउदै उस्को अँखामा आँसु बनेर बगिरहेका उसका मनका चित्रहरु बु

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र !