Skip to main content

Posts

Showing posts from 2019

ग्रे माया

कस्तो माया हो यो तिम्रो तिम्रै तस्विर छुन्छु अचेल भुलि सारा बिपनालाइ तिम्रै यादमा हराएको  हुन्छु अचेल । जति माया गरे मैले फर्काउ मलाइ भन्दिन म टोलाउँदै सम्झि एकान्तमा एक्लै एक्लै रुन्छु अचेल । मनको बह आँसु बनी बगिरन्छ तिम्रै यादमा भागको खुसी यतिनै हो भनी आफ्नै परेलि धुन्छु अचेल । मन बस्यो माया बस्यो तिमी मात्रै सोच्छु अचेल , कथा ब्यथा उस्तै लाग्छ बिछोडका गित सुन्छु अचेल ।

पुतली

म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ ।  हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने

आगमन

धेरै समयको लेखन विश्राम पछि हातका औंलाहरु फेरि सलबलाउन थाले। एउटा परिकल्पना थिइन आर्जु , छुट्टै कल्पना थियो मेरो , अनि माया पिरतिका कथा थिए । मनमा धेरै कथाहरुले बिस्फोटन गर्न थाले , मनमा एउटा बेचैनी जस्तै हुन थाल्यो । अनि सुरु गरे स्वोर्णिम सम्झनाका कथाहरु । मेरो परिकल्पना - आर्जु , आज उन्को परिकल्पना धमिलो हुँदै गयो किनकि म सङ मेरो बर्तमान छ मेरो बास्तविकता छ आज। त्यो परिकल्पनाको अन्त्य सङै एउटा सुन्दर कथाको रचना गर्नु थियो  । त्यस दिन , Feb 25 अझ भनौ valentine month, +2 कलेजका दिनहरु ।  जुन कथा लेख्न गइरहेको थिए न त त्यस्को सुरुवात याद आयो न त कुनै अन्त्य नै छ जस्तो लाग्यो । भनेको थिए आर्जुलाइ महिनाको अन्त्यमा घुमाउन लैजान्छु भनेर । त्यतिखेर मैले एउटा निलो रङ्ग को स्कुटर पनि किनेको थिए , त्यसै स्कुटरमा आर्जुलाइ घुमाउन लैजाने ठूलो धोको थियो तर जैले रिसाएर , न त स्कुटिले आर्जुलाई घुमाउन पायो न त मैले आर्जुलाइ घुमाउन लैजाने सपन पूरा गर्ननै सकेको थिए । अहिले आएर साइत जुरेको रहेछ क्यारे । सनिबार फन पार्क घुम्न जाने भइयो । नरिसाउन पनि किन , न त मैले रोज डे मा गुलाब नै टिपेर दिए न त भ्याल