Skip to main content

आगमन

धेरै समयको लेखन विश्राम पछि हातका औंलाहरु फेरि सलबलाउन थाले। एउटा परिकल्पना थिइन आर्जु , छुट्टै कल्पना थियो मेरो , अनि माया पिरतिका कथा थिए । मनमा धेरै कथाहरुले बिस्फोटन गर्न थाले , मनमा एउटा बेचैनी जस्तै हुन थाल्यो । अनि सुरु गरे स्वोर्णिम सम्झनाका कथाहरु । मेरो परिकल्पना - आर्जु , आज उन्को परिकल्पना धमिलो हुँदै गयो किनकि म सङ मेरो बर्तमान छ मेरो बास्तविकता छ आज। त्यो परिकल्पनाको अन्त्य सङै एउटा सुन्दर कथाको रचना गर्नु थियो  ।

त्यस दिन , Feb 25 अझ भनौ valentine month, +2 कलेजका दिनहरु ।  जुन कथा लेख्न गइरहेको थिए न त त्यस्को सुरुवात याद आयो न त कुनै अन्त्य नै छ जस्तो लाग्यो । भनेको थिए आर्जुलाइ महिनाको अन्त्यमा घुमाउन लैजान्छु भनेर । त्यतिखेर मैले एउटा निलो रङ्ग को स्कुटर पनि किनेको थिए , त्यसै स्कुटरमा आर्जुलाइ घुमाउन लैजाने ठूलो धोको थियो तर जैले रिसाएर , न त स्कुटिले आर्जुलाई घुमाउन पायो न त मैले आर्जुलाइ घुमाउन लैजाने सपन पूरा गर्ननै सकेको थिए । अहिले आएर साइत जुरेको रहेछ क्यारे । सनिबार फन पार्क घुम्न जाने भइयो । नरिसाउन पनि किन , न त मैले रोज डे मा गुलाब नै टिपेर दिए न त भ्यालेन्टाइन डेमा भेट्न नै गए । आर्जु सङ भेट भएको पनि एक बर्ष पूरा भैसकेको थियो तर मन मनै मन पराए पनि प्रेमी प्रेमिकाको सम्बन्ध चै थिएन बरु हासो मजाकमै भएपनी प्रेम पत्र चै लेखियो ।

उन्ले मलाइ सधै सोध्ने गर्थिन तिमी किन यति छुच्चो ह ! ? म मुस्कुराउदै जवाफ दिन्थे "म त बच्चै देखि यस्तै हो " , उनि भन्थिन " तिमी अझै पनि बच्चा नै छौ " धेरै पछि थाहा पाए किन उन्ले बेबि भनेर बोलाउन थालिन भनेर । सनिबार घुम्न जाने भनेकाले , बिहिवार नै उनीले फोन गरेर सोधिन । मैले शुक्रबार फेरि फोन गरे तर फोन पनि अफ थियो , धेरै पटक प्रयास गरे तर सम्पर्क हुन सकेन,  मनमा एकाएक अनौठो डर पैदा भयो । उनी नभनी कहाँ  गइन , अब कसरी कन्ट्याक्ट् गर्ने , कतै उन्लाइ केही त भएन !! यस्तै यस्तै कुराहरु मनमा खेल्न थाले । रातभरी निदाउन सकिन , आखिर के भयो होला त्यस्तो । सुस्केरा हाल्दै रात बित्यो । बिहानै फेरि फोन गरे , फोन उठाइन , मैले केही सोध्नु भन्दा पहिले नै उन्ले भनिन "म आज आउन भ्याउदिन ल" यति भन्दै फोन काटियो ।

मनमा धेरै कुराहरुले कुस्ती खेल्न थालिसकेका थिए । कताकता रीस पनि उठ्यो , फेरि सोचे केही काम पर्यो होल , तर भन्नै नमिल्ने , फोननै अफ गरेर बस्नु पर्ने के हुन सक्छ ! त्यही प्रस्न मनमा घुमिरहयो । हप्ता बित्यो , महिना बित्न लाग्यो उन्ले फोन गरिनन ।  अब मेरो मनमा एउटै कुरा थियो कि सायद म बाट टाडा हुने चाहाना होला । हुन पनि हो , न त उनिले जुनि जुनि साथ दिन्छु भनेर कसम नै खाएकी थिइन न त कहिलेइ तिमी बिना बाच्न सक्दिन भनेर नै भनेकी थिइन । मैले सम्झे घरबाट टाडा पड्न पठाउदा आमाले भन्नुभएको कुरा - छोरा त सोझो छस , कसैले केही कुरामा फसाउला ख्याल राख्नु । अहिले आएर लाग्यो हो म सोझो नै रहेछु , आर्जु सङको तो हासो मजाक , त्यो ठट्टा लाई मैले आत्मियताको नाता दिएछु । 

समय बित्दै गयो +2 को पडाइ पनि सक्कियो , धेरै दुख गरेर मेडिकल पड्नलाइ नाम निकालियो । आर्जुको सम्झना पनि कहाँ बिलिन भयो कहाँ । सुनौलो जिवनको कल्पना गर्दै लागियो गन्तव्य तर्फ - पोखरा । मेडिकल कलेजमा भर्ना पनि भए । जिवनमा गर्नु परेका दुखहरुले सार्थकता पाएजस्तो लाग्यो । सपनाको सहर थियो पोखर पनि । सफा सडकहरु , मुस्कुराइरहेका हिमालहरु अनि सुस्केरा हाल्दै गरेका ताल र नदिनालाहरु ।  कलेज सुरु भयो , नया ठाउँ , नया मान्छेहरु अनि नया साथिहरु , यी सबैको बिचमा नया अस्तित्व खोज्दै गरेको म । ठूलो सपना बोकेर हिडिएको थियो , एउटा राम्रो डाक्टर बन्नुपर्छ भन्ने , त्यसैमाथी अर्को सपना थियो देश-बिदेश घुम्ने । बिस्वका कुना कन्दराहरुमा पुग्ने अनि एउटा छुट्टै पहिचान बनाउने । पडाइका दिनहरु पनि सुरु भए । नया नया साथिहरु बनाइए । केटि साथी ? त्यो पनि भए । स्कुलमा छदा केटिहरुसङ बोल्न समेत लजाउने म , अब बोल्न सक्ने भएको थिए तर सम्बादको सुरुवात भने कहिलेइ आफुबाट गर्न सकिएन ।  एउटा मिल्ने साथी थियो , जो सङ मेरो हरेक बिचार र स्वभाव मिल्थ्यो जस्तो लाग्यो । तर कारणवस उस्ले प्रथम बर्षमै आफ्नो पडाइ छोडेर गयो । फेरि एकपल्ट एक्लो महसुस गरे । समय बित्दै गयो प्रथम बर्ष पनि सकियो ।

त्यो नौलो ठाउँमा बिरानो मान्छे थिए म , सोचेको थिइन कहिलेइ कोहो जिवनमा आउनेछ र त्यो बिरानो ठाउँ आफ्नै लाग्नेछ । जिवनमा कसैको उपस्थिति यस्तो भैदिन्छ कि एक जिवनको कथाको दुई पात्र भैदिन्छन , दुई भावनाहरु एक भैदिन्छन र मनलाइ उथलपुथल पारिदिन्छन । उनको आगमन , मेरालागी एउटा नया वसन्त ऋतु जस्तै भयो । सपना त त्यो पनि थियो , कोहि होस , मलाइ आफुलाइ भन्दा पनि धेरै माया गर्ने । सपनाको सुरुवात भयो , उनको आगमन संगै  ...........

Comments

Popular posts from this blog

यि त सब भन्ने कुरा न हुन ।

तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा ,,,,, यि त सब भन्ने कुरा न हुन ।  राम कृष्णको त्यो मधुर भावमा डुबिरहेको थिए म । लग्थ्यो भखरैमात्रै प्रेम मा धोका पाएर भौतरिरहेको यात्री हु । भनिन्छ नि धोका या दु: ख पाएपछी मनिस ले जिवन को अर्थ बुज्छ रे, त्य्ही भएर होला प्रेम-माया जस्तो पबित्र बन्धन्मा पनि धोका भन्ने पटो राखिएको ।   साच्चै नै प्रेम शब्दको सही अर्थ अझै पनि बुज्न सकिएन । साएद स्कूल मा पड्दा बेग्लै बिसए बनाएर पडाएको भए म पनि प्रेम मा बिद्द्वन हुने थिए होला तर पछी साथीहरुले भनेपछी थाह भयो , यो त बैकल्पिक रहेछ्, आफैले पड्ने र बुझ्नुपर्ने । आज अन्ज्रेजी समय अनुसार फेब्रुअरी १४ यानी प्रेम दिवस । तर थोरैलाई मात्रै थाह होला कि आज युटुब्ले एक दसक पुरा गरेको दिन भनेर । आजका युबहरुले दशै तिहारमा रमाउन छोडिसके तर प्रेम दिवस अति नै रमाइलो गरेर मनौछन । दशै पनि लग्भ्ग एक हप्ता नै हुन्छ र प्रेम दिवस को रमाइलो पनि एक हप्ता नै तर आज सम्म आइपुग्दा दशै भनेको बुडाखाडाले मात्रै मनाउने पर्व भैसक्यो । बाल्बालिका पनि रमाउछन , मामाघर मा टिका लगाएर पैस पाइन्छ भनेर अनि नया लुगा लगाउँन पाइन्छ भनेर तर हा

क्वारेन्टाइनले बनाएको सम्बन्ध

"क्वरेन्टाइनको बेला म भन्डारी गाउँमा बसेको थिए, मेरो पुर्ख्यौली गाउँ । धित मरुन्जेल काफल खाइयो यसपाली " उ गफ दिदै थियो साथिहरुको जमातमा । मलाई भने भन्डारी गाउँ  सुन्ने बित्तिकै उनको याद आयो । कुशुम भन्डारी । घर उनको प्रदेश न. ६ । क्वारेन्टाइनले सुरु गरेको त्यो सम्बन्ध मेरो आखामा फ्लयासब्याक जसरी आउन थाल्यो । कोरोना भाइरस को कारण होम क्वारेन्टाइनमा थिए म पनि । पुरै दुनिया क्वारेन्टाइन र आइसोलेसनमा थियो भन्दा पनि फरक पर्दैन । ब्याक्ग्राउन्डमा चिसापानीको सस्पेन्सन बृज अनि फोटोको एक कुनामा चिसापानीको चिसो हावालाइ स्पर्श गर्दै खिचिएको उनको आकृति । प्रोफाइल फोटोमै निधारमा चिटिक्क परेको टीका, कर्ली कर्ली कपाल अनि प्वाउट गर्दै खुम्च्याइएको मुख । फेसबुकमा रिक्वस्ट देखे, चिसापानीको त्यो पुल देख्ने बित्तिकै कोइ चिनेकै मान्छे हुनुपर्छ भनेर रिक्वेस्ट एसेप्ट गर्न प्रोफाइल खोले । एउटा अर्को फोटो अप्लोड गरिएको थियो , ठूलो चस्मा लगाएर लिइएको सेल्फी, कुन चै इडिटिङ एपको कमाल थियो त्यो कुन्नी , हिउँ झै गोरि देखिएकी थिइन उनी । रिक्वय्सट एसेप्ट गरे । मेसेन्जरमा हरियो सिग्नल देखायो । "हाइ

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।