Skip to main content

ग्रे माया




कस्तो माया हो यो तिम्रो तिम्रै तस्विर छुन्छु अचेल
भुलि सारा बिपनालाइ तिम्रै यादमा हराएको  हुन्छु अचेल ।

जति माया गरे मैले फर्काउ मलाइ भन्दिन म
टोलाउँदै सम्झि एकान्तमा एक्लै एक्लै रुन्छु अचेल ।

मनको बह आँसु बनी बगिरन्छ तिम्रै यादमा
भागको खुसी यतिनै हो भनी आफ्नै परेलि धुन्छु अचेल ।

मन बस्यो माया बस्यो तिमी मात्रै सोच्छु अचेल ,
कथा ब्यथा उस्तै लाग्छ बिछोडका गित सुन्छु अचेल ।

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

यि त सब भन्ने कुरा न हुन ।

तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा ,,,,, यि त सब भन्ने कुरा न हुन ।  राम कृष्णको त्यो मधुर भावमा डुबिरहेको थिए म । लग्थ्यो भखरैमात्रै प्रेम मा धोका पाएर भौतरिरहेको यात्री हु । भनिन्छ नि धोका या दु: ख पाएपछी मनिस ले जिवन को अर्थ बुज्छ रे, त्य्ही भएर होला प्रेम-माया जस्तो पबित्र बन्धन्मा पनि धोका भन्ने पटो राखिएको ।   साच्चै नै प्रेम शब्दको सही अर्थ अझै पनि बुज्न सकिएन । साएद स्कूल मा पड्दा बेग्लै बिसए बनाएर पडाएको भए म पनि प्रेम मा बिद्द्वन हुने थिए होला तर पछी साथीहरुले भनेपछी थाह भयो , यो त बैकल्पिक रहेछ्, आफैले पड्ने र बुझ्नुपर्ने । आज अन्ज्रेजी समय अनुसार फेब्रुअरी १४ यानी प्रेम दिवस । तर थोरैलाई मात्रै थाह होला कि आज युटुब्ले एक दसक पुरा गरेको दिन भनेर । आजका युबहरुले दशै तिहारमा रमाउन छोडिसके तर प्रेम दिवस अति नै रमाइलो गरेर मनौछन । दशै पनि लग्भ्ग एक हप्ता नै हुन्छ र प्रेम दिवस को रमाइलो पनि एक हप्ता नै तर आज सम्म आइपुग्दा दशै भनेको बुडाखाडाले मात्रै मनाउने पर्व भैसक्यो । बाल्बालिका पनि रमाउछन , मामाघर मा टिका लगाएर पैस पाइन्छ भनेर अनि नया लुगा लगाउँन पाइन्छ भ...