"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त"
"कस्ले भन्यो नानू तिम्लाइ ?"
"मेरो साथीले भनेको"
काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि ।
"हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने ।
उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल ।
मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे ।
मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे ।
"अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि ।
मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म पर्दै हेर्दै थि ।
"यो त ठुली भैसके पछि लाउने हो"
"म पनि त ठुली भैसके, हेर्नू त" भन्दै नजिकै को कुर्सीमा चढि ।
"लडिन्छ नानू तल ओर्ल" भन्दै मैले उस्लाइ अङालोमा लिए ........ ........ ....... यत्तिकैमा फोनको ट्रङ ट्र्ङ आवाज कानमा गुन्जियो ।
सपना रहेछ , फोनको रिसिभर उठाएर कानमा लगाए , कानमा रिसिभरको साटो टि.भि को रिमोट समाएछु ।
बच्पनको आँखा कमजोर पार्ने रहर पूरा भएछ क्यारे ।

😊😊
ReplyDelete😊
Delete