Skip to main content

शाब्दिक भावना


" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने ।
जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! "

एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म ।

मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु ।

मैले कैलेइ पनि तिमिसङ आफ्ना मनका कुर पोखिन , किन था छ ? मैले मेरो बिबेकको प्रयोग गर्न सफल भए । साएद मैले मेरा कमजोर भावनाहरु तिमी सामु पोखेको भए तिमिले ऐले त्यस्को पूरा लाभ लिन सक्ने थियौ ।

# भावना न हुन # आफुले नजिकैको ठानेको ब्यक्तिले केही नराम्रो भन्दा चित्त कस्को पो दुख्दैन र #

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

पुतली

म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ ।  हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने ...