Skip to main content

यि त सब भन्ने कुरा न हुन ।

तिम्रा लागि ज्यान दिन्छु तिमी मेरो मनको राजा ,,,,, यि त सब भन्ने कुरा न हुन ।  राम कृष्णको त्यो मधुर भावमा डुबिरहेको थिए म । लग्थ्यो भखरैमात्रै प्रेम मा धोका पाएर भौतरिरहेको यात्री हु । भनिन्छ नि धोका या दु: ख पाएपछी मनिस ले जिवन को अर्थ बुज्छ रे, त्य्ही भएर होला प्रेम-माया जस्तो पबित्र बन्धन्मा पनि धोका भन्ने पटो राखिएको ।  
साच्चै नै प्रेम शब्दको सही अर्थ अझै पनि बुज्न सकिएन । साएद स्कूल मा पड्दा बेग्लै बिसए बनाएर पडाएको भए म पनि प्रेम मा बिद्द्वन हुने थिए होला तर पछी साथीहरुले भनेपछी थाह भयो , यो त बैकल्पिक रहेछ्, आफैले पड्ने र बुझ्नुपर्ने । आज अन्ज्रेजी समय अनुसार फेब्रुअरी १४ यानी प्रेम दिवस । तर थोरैलाई मात्रै थाह होला कि आज युटुब्ले एक दसक पुरा गरेको दिन भनेर । आजका युबहरुले दशै तिहारमा रमाउन छोडिसके तर प्रेम दिवस अति नै रमाइलो गरेर मनौछन । दशै पनि लग्भ्ग एक हप्ता नै हुन्छ र प्रेम दिवस को रमाइलो पनि एक हप्ता नै तर आज सम्म आइपुग्दा दशै भनेको बुडाखाडाले मात्रै मनाउने पर्व भैसक्यो । बाल्बालिका पनि रमाउछन , मामाघर मा टिका लगाएर पैस पाइन्छ भनेर अनि नया लुगा लगाउँन पाइन्छ भनेर तर हामिलाई भने हतार हुन्छ फेस्बूक्मा हप्पी दशै भन्न र मायालु लाई फोन गरेर टिका लगैसक्योउ भन्न ।  
प्रेम लाई बुज्ने धेरै कुराहरु छन जस्तो लाग्छ मलाई । सानो छदा धेरैले सोद्थे - आमा र बाबामा कस्को माया धेरै लाग्छ भनेर , जस्ले मिठोमिठो खानेकुरा दिन्थ्यो अनि नया लुगा र खेलौना ल्याइदिन्थ्यो उसैको नाम लिन्थे मेरा लागी त्यि प्रेम थियो ।अली ठुलो भएर स्कूल्मा पनि सोद्थे तर म चै आफ्नो मिल्ने साथी को नाम भन्थे, किनभने उस्ले मेरो बद्ममासी लाई धेरै पटक लुकाको थियो--मेरा लागी त्यि प्रेम थियो ।क्लेज गैयो , जिवन लाई अलिकती बुज्ने भैयो , त्य्स्बेल आफ्नो जिवन को लछ्ए मेरा लागि प्रेम भयो । त्य्स पछी आएर बल्ल थाह भो यहाँ त प्रेम भनेको अर्कै चिज पो रहेछ भनेर । कौसिमा गएर फोनमा आइ ल्भ यु भन्नु पो प्रेन रहेछ, ओठमा ओठ जोडेर चुम्ब्न्न गर्नु पो प्रेम रहेछ, क्य्फेमा सँगई मिठामिठा खानेकुरा खानु पो प्रेम रहेछ, अनि अङगालो हालेर श ह र का गल्ली गल्लिमा हिंड्नु पो प्रेम रहेछ । 
कहिलेकाही ईन्टरनेटमा पनि प्रेम को परिभासा देख्थे - अनौठो लागेर आउथ्यो । 
प्रेम दिवस भएर होला बाटो छेउछाउका पसल हरुमा फुल का गुच्छाहरु सजाएर राखिएका थिए । सुनेको थे कि आजको दिन्मा आफुलाई मन परेको मन्छेलाई मायाको प्रस्ताब राख्दा पक्कै पनि स्विकार गर्छन रे! तर कुरा कत्तिको साचो हो थाह भएन ।  
पार्क हरु जोडिहरुले भरिभराउ थिए, छेउछाउबाट केटा र केटी सँगइ हिडेको देख्दा पनि प्रेमी जोडी नै हुन जस्तो लग्थ्यो । सिनेमा हलहरुपनी भरिभराउ झै देखिन्थे ।  आज कतिले आफ्नो मन पराएको मन्छेलाई पाएहोलान र खुशी होलान । कती चै सान्त ठाउमा बसेर माया पिरतिका कुरा गरेर बसेका होलान । अनि कतिले आफ्ना बिगत का रमाइला पल हरु सम्झेर मुस्कुराइ रहेका होलान । 
माया त हरेक प्राणिले गर्छ । पन्छिले आफ्ना च्ल्लहरुलाई गर्ने माया, धमिराले आफ्नो घर लाई गर्ने माया, रुख ले माटोलाई गर्ने माया यि सबै अटुट छन तर मनिस ले गर्ने माया !!!! ?
लाग्छ मायामा एउटा नया नाता जोडिन्छ्, सपनाहरु सजाइन्छ्, अनि एउटा बिश्वास हुन्छ ।साएद अरुका लागि आफ्नो समय दिनु पनि माया हो । साएद अरुलाई खुशी दिन सक्नु पनि माया हो । अनि हरेक सफलताको राज पनि माया हो ।  
भन्छन मायामा नया गोरेटो भेटिन्छ रे! कोही पारी जान्छन त कोही बगर मै बस्छन । कतिले त आफ्नो हराएको छाया पनि भेट्टाउछन रे! 
तर माया खै कस्ले बुझ्यो ? ? 

Comments

Post a Comment

Popular posts from this blog

पुतली

म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ ।  हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने

क्वारेन्टाइनले बनाएको सम्बन्ध

"क्वरेन्टाइनको बेला म भन्डारी गाउँमा बसेको थिए, मेरो पुर्ख्यौली गाउँ । धित मरुन्जेल काफल खाइयो यसपाली " उ गफ दिदै थियो साथिहरुको जमातमा । मलाई भने भन्डारी गाउँ  सुन्ने बित्तिकै उनको याद आयो । कुशुम भन्डारी । घर उनको प्रदेश न. ६ । क्वारेन्टाइनले सुरु गरेको त्यो सम्बन्ध मेरो आखामा फ्लयासब्याक जसरी आउन थाल्यो । कोरोना भाइरस को कारण होम क्वारेन्टाइनमा थिए म पनि । पुरै दुनिया क्वारेन्टाइन र आइसोलेसनमा थियो भन्दा पनि फरक पर्दैन । ब्याक्ग्राउन्डमा चिसापानीको सस्पेन्सन बृज अनि फोटोको एक कुनामा चिसापानीको चिसो हावालाइ स्पर्श गर्दै खिचिएको उनको आकृति । प्रोफाइल फोटोमै निधारमा चिटिक्क परेको टीका, कर्ली कर्ली कपाल अनि प्वाउट गर्दै खुम्च्याइएको मुख । फेसबुकमा रिक्वस्ट देखे, चिसापानीको त्यो पुल देख्ने बित्तिकै कोइ चिनेकै मान्छे हुनुपर्छ भनेर रिक्वेस्ट एसेप्ट गर्न प्रोफाइल खोले । एउटा अर्को फोटो अप्लोड गरिएको थियो , ठूलो चस्मा लगाएर लिइएको सेल्फी, कुन चै इडिटिङ एपको कमाल थियो त्यो कुन्नी , हिउँ झै गोरि देखिएकी थिइन उनी । रिक्वय्सट एसेप्ट गरे । मेसेन्जरमा हरियो सिग्नल देखायो । "हाइ