Skip to main content

नाटकिय प्रणय दिबस


"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद ।बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन ।माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन ।


हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर ।बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! जहाँ प्रेमको आश गरिएको हुन्छ त्यहा प्रेमको कुनै औचित्य रहदैन भने प्रेम गर्नुको अर्थ नै के भयो र - त्येसैले म त भन्छु Valentine day बहिष्कार गरौ ।

आज भन्दा ठिक एक बर्ष अगाडी पनि मैले "माया" भन्ने शब्दलाई परिभाषित गरेको थिए मेरो तर्फबाट , आज पनि गर्दै छु - फरक येत्ती मात्रै हो कि अहिले आएर त्यस्को complex definition बुझ्दै छु। जिबनको कुनै दोसाँधमा आएर कहिलेनकहिले कसैसङ माया त बसिहाल्दो रहेछ, तर देखेर बुझेको र नितान्त आफुले भोगेको मायामा धेरै फरक हुदोरहेछ । सबै प्रेमले इतिहास बनाउँदैनन् र प्रेम इतिहास बनाउन गर्ने पनि होइन । कुनै प्रेम सम्झनाका लागि हुन्छ कुनै बिश्वास र आदर्शका लागि । मैले प्रेम त्येहि बुझे जो मैले भोगे तर त्येही प्रेमको नाममा आ-आफ्नो फाइदा बेफाइदा हेरिन्छ भने बहिस्कार गरौ यो नाटकिय प्रणय दिबस ।

प्रेम प्रस्ताव राख्नको लागि आजकै दिन वा भनौ प्रणय दिवस नै कुर्नुपर्ला त ? मलाई त त्यस्तो लाग्दैन तैपनि आजको दिन विशेष गरेर आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राख्ने दिन भएकाले पनि भन्न नसकेकाहरुले प्रस्ताव राख्ने आट राख्ने गर्नेछन् होला , फरक त्यति मात्रै होे । माया त हामी सबैलाई गरिरहेका हुन्छौ । हाम्रो घरपरिवार , समाज देश हरेकसँग माया बसेको हुन्छ । ती सबैलाई माया गर्ने तरिका मात्रै फरक हुने गर्दछ ।एउटा केटा र केटीले माया लगाउने चलन अहिले मात्रै आएको होईन । पहिला पनि लगाईन्थ्यो त्यो एउटा स्वरुपमात्रै फरक हो। आजकालको जमानामा अग्निलाई साची राखेर बाधेको बन्धन त एकछिनमै छुटेर जान्छ भने , Fb, Viber अनि एकदुई पटकको भेटमा बोल्दैमा प्रपोज गर्नेले के साथ देलान र खै !!


आज एउटा सङ्ग मस्की मस्कि हिड्ने भोलि अर्कै सङ !! हैट ! यो त हप्तै पिच्छे लोड्सेडिङ्को नयाँ तालिका आएजस्तै भयो त - यदि यस्तै हुन्छ भने प्रेम दिबस बहिष्कार गरिन्छ ।गुलाबको फुल दिएरनै मायाको आभाष दिलाउन सकिने भए सायद म पनि एउटा ठूलो बगैंचा बनाउने थिए र उनलाइ त्येही बगैचामा सजाएर राखिदिन्थे तर खै मलाई त दसै तिहार र भ्यालेन्टाइन डे ठ्याक्कै उस्तै लाग्छ , दुबै लगभग एक हप्ता जति धुमधामसङ्ग मनाइने त्येस्पछी बर्षभरी केइ न केइ।


आज त त्येसै पनि प्रेम दिबस हो, माया गर्ने आधिकार सबैलाई छ तर कसैलाई मायाको नाटक गरेर पीडा नदिनु, माया गरेर जिन्दगीभर साथ दिनु - शुभकामना छ सबैलाई ।त्येइ मायाका निम्ति कतिले आफ्नो रगत र कतिले अर्काको रगत बगाएको पनि देखेको छु , तर म त भन्छु त्यो भन्दा बरु रक्तदान गर दुई-चार जनाको ज्यान बच्छ ।

अन्ततः Rose day बाट सुरु भएको प्रेम कथा पछि Cauliflower मा गयेर अन्त्य नहोस ।

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

You are not a failure !

You are not a failure until you allow your mistake to define what kind of person you are. Failure is, when your hopes, going things not going the way you wanted them to. Failure may be defined in different case, just as in studying, playing, love, in being a good person, in holding the relation etc.  The definition of failure is different for us. Most of us take on the identity of a failure without really knowing what it is all about.  Failure according to the dictionary is ceasing to function, breaking down, non performance and I have found that our definition of breakdown, non performance are not correct. We think that we are a failure when our parents give up on us or when we make the same mistake again and again or when after a long time we are not getting success, we have always dreamt or when we re not financially sound in life as we hope to be. These situations are not what make a failure. They may be setbacks, defeats, low determinations, that are to be overc...