Skip to main content

नाटकिय प्रणय दिबस


"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद ।बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन ।माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन ।


हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर ।बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! जहाँ प्रेमको आश गरिएको हुन्छ त्यहा प्रेमको कुनै औचित्य रहदैन भने प्रेम गर्नुको अर्थ नै के भयो र - त्येसैले म त भन्छु Valentine day बहिष्कार गरौ ।

आज भन्दा ठिक एक बर्ष अगाडी पनि मैले "माया" भन्ने शब्दलाई परिभाषित गरेको थिए मेरो तर्फबाट , आज पनि गर्दै छु - फरक येत्ती मात्रै हो कि अहिले आएर त्यस्को complex definition बुझ्दै छु। जिबनको कुनै दोसाँधमा आएर कहिलेनकहिले कसैसङ माया त बसिहाल्दो रहेछ, तर देखेर बुझेको र नितान्त आफुले भोगेको मायामा धेरै फरक हुदोरहेछ । सबै प्रेमले इतिहास बनाउँदैनन् र प्रेम इतिहास बनाउन गर्ने पनि होइन । कुनै प्रेम सम्झनाका लागि हुन्छ कुनै बिश्वास र आदर्शका लागि । मैले प्रेम त्येहि बुझे जो मैले भोगे तर त्येही प्रेमको नाममा आ-आफ्नो फाइदा बेफाइदा हेरिन्छ भने बहिस्कार गरौ यो नाटकिय प्रणय दिबस ।

प्रेम प्रस्ताव राख्नको लागि आजकै दिन वा भनौ प्रणय दिवस नै कुर्नुपर्ला त ? मलाई त त्यस्तो लाग्दैन तैपनि आजको दिन विशेष गरेर आफुलाई मन परेको मान्छेलाई प्रस्ताव राख्ने दिन भएकाले पनि भन्न नसकेकाहरुले प्रस्ताव राख्ने आट राख्ने गर्नेछन् होला , फरक त्यति मात्रै होे । माया त हामी सबैलाई गरिरहेका हुन्छौ । हाम्रो घरपरिवार , समाज देश हरेकसँग माया बसेको हुन्छ । ती सबैलाई माया गर्ने तरिका मात्रै फरक हुने गर्दछ ।एउटा केटा र केटीले माया लगाउने चलन अहिले मात्रै आएको होईन । पहिला पनि लगाईन्थ्यो त्यो एउटा स्वरुपमात्रै फरक हो। आजकालको जमानामा अग्निलाई साची राखेर बाधेको बन्धन त एकछिनमै छुटेर जान्छ भने , Fb, Viber अनि एकदुई पटकको भेटमा बोल्दैमा प्रपोज गर्नेले के साथ देलान र खै !!


आज एउटा सङ्ग मस्की मस्कि हिड्ने भोलि अर्कै सङ !! हैट ! यो त हप्तै पिच्छे लोड्सेडिङ्को नयाँ तालिका आएजस्तै भयो त - यदि यस्तै हुन्छ भने प्रेम दिबस बहिष्कार गरिन्छ ।गुलाबको फुल दिएरनै मायाको आभाष दिलाउन सकिने भए सायद म पनि एउटा ठूलो बगैंचा बनाउने थिए र उनलाइ त्येही बगैचामा सजाएर राखिदिन्थे तर खै मलाई त दसै तिहार र भ्यालेन्टाइन डे ठ्याक्कै उस्तै लाग्छ , दुबै लगभग एक हप्ता जति धुमधामसङ्ग मनाइने त्येस्पछी बर्षभरी केइ न केइ।


आज त त्येसै पनि प्रेम दिबस हो, माया गर्ने आधिकार सबैलाई छ तर कसैलाई मायाको नाटक गरेर पीडा नदिनु, माया गरेर जिन्दगीभर साथ दिनु - शुभकामना छ सबैलाई ।त्येइ मायाका निम्ति कतिले आफ्नो रगत र कतिले अर्काको रगत बगाएको पनि देखेको छु , तर म त भन्छु त्यो भन्दा बरु रक्तदान गर दुई-चार जनाको ज्यान बच्छ ।

अन्ततः Rose day बाट सुरु भएको प्रेम कथा पछि Cauliflower मा गयेर अन्त्य नहोस ।

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति...