Skip to main content

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त"
"कस्ले भन्यो नानू तिम्लाइ ?"
"मेरो साथीले भनेको"

काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि ।

"हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने ।
उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल ।

मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे ।
मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे ।

"अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि ।
मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म पर्दै हेर्दै थि ।
"यो त ठुली भैसके पछि लाउने हो"
"म पनि त ठुली भैसके, हेर्नू त" भन्दै नजिकै को कुर्सीमा चढि ।
"लडिन्छ नानू तल ओर्ल" भन्दै मैले उस्लाइ अङालोमा लिए ........ ........ ....... यत्तिकैमा फोनको ट्रङ ट्र्ङ आवाज कानमा गुन्जियो ।
सपना रहेछ , फोनको रिसिभर उठाएर कानमा लगाए , कानमा रिसिभरको साटो टि.भि को रिमोट समाएछु ।

बच्पनको आँखा कमजोर पार्ने रहर पूरा भएछ क्यारे ।

Comments

Post a Comment

Popular posts from this blog

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति...

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! ...