Skip to main content

पुतली



म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ ।  हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने फुर्सद छैन कसैलाइ ।

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति...

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! ...