Skip to main content

क्वारेन्टाइनले बनाएको सम्बन्ध



"क्वरेन्टाइनको बेला म भन्डारी गाउँमा बसेको थिए, मेरो पुर्ख्यौली गाउँ । धित मरुन्जेल काफल खाइयो यसपाली " उ गफ दिदै थियो साथिहरुको जमातमा । मलाई भने भन्डारी गाउँ  सुन्ने बित्तिकै उनको याद आयो । कुशुम भन्डारी । घर उनको प्रदेश न. ६ । क्वारेन्टाइनले सुरु गरेको त्यो सम्बन्ध मेरो आखामा फ्लयासब्याक जसरी आउन थाल्यो । कोरोना भाइरस को कारण होम क्वारेन्टाइनमा थिए म पनि । पुरै दुनिया क्वारेन्टाइन र आइसोलेसनमा थियो भन्दा पनि फरक पर्दैन । ब्याक्ग्राउन्डमा चिसापानीको सस्पेन्सन बृज अनि फोटोको एक कुनामा चिसापानीको चिसो हावालाइ स्पर्श गर्दै खिचिएको उनको आकृति । प्रोफाइल फोटोमै निधारमा चिटिक्क परेको टीका, कर्ली कर्ली कपाल अनि प्वाउट गर्दै खुम्च्याइएको मुख । फेसबुकमा रिक्वस्ट देखे, चिसापानीको त्यो पुल देख्ने बित्तिकै कोइ चिनेकै मान्छे हुनुपर्छ भनेर रिक्वेस्ट एसेप्ट गर्न प्रोफाइल खोले । एउटा अर्को फोटो अप्लोड गरिएको थियो , ठूलो चस्मा लगाएर लिइएको सेल्फी, कुन चै इडिटिङ एपको कमाल थियो त्यो कुन्नी , हिउँ झै गोरि देखिएकी थिइन उनी ।

रिक्वय्सट एसेप्ट गरे । मेसेन्जरमा हरियो सिग्नल देखायो । "हाइ " लेखेर पठाए , धेरैबेर सम्म उताबाट केही प्रतिकृया आएन । एकछिन पर्खेर बसे, रिप्लाइ गरे ठिकै छ नत्र रिमुभ गर्दिन्छु भनेर । नभन्दै उताबाट हात हल्लाउँदै गरेको इमो आयो । कुरा त गर्ने तर कसरी सुरु गर्ने भनेर म अप्ठ्यारोमा परे , अनि तपाईं मलाइ चिन्नुहुन्छ ? भन्ने प्रस्न राखे । उनले "अह ! चिन्दिन , हजुरले मलाइ चिन्नुहुन्छ ?  " भनेर उल्टै प्रस्न तेर्स्याइ । अहिले सम्म त चिनेको छैन , सायद अब चिन्छु कि भनेर जवाफ फर्काए । उनले स्माइल गरेको इमो पठाइन । क्वारेन्टाइनको पहिलो दिनमा घर, ठेगाना, रुचि, सोच, बिचारहरुका बारेमा कुरा गर्दा गर्दै मोबाईलको डाटा सक्कियो । अर्को दिन कुरा गरौला भनेर त्यसदिनको कुराकानी टुंगोमा पुराइयो ।

अर्को दिन खना खाएर फेसबुक खोलेको लामो सन्देश थियो कुशुमको । लेखिएको थियो "हजुर त कस्तो राम्रो मान्छे हुनुहुदो रहेछ , मैले हजुरको प्रोफाइल सबै हेरिसके । हजुरले त सानो मुभी पनि बनाउनु भएको रैछ , मलाइ त अति मन पर्यो । मैले हजुरले लेख्नुभएको लभ लेटर पनि सुने । साच्चै कसकालागी लेख्नु भएको , अनि त्यो आर्जु भन्ने साच्चै हो कि काल्पनिक हो नि ?"
प्रस्नहरुको ओइरो थियो , कुन चै उत्तर दिनु भयो । मैले स्माइली पठाउदै " धन्यवाद , त्यो सबै काल्पनिक हो" भनेर मेसेज टुङ्याए । मलाइ पनि अब उनको प्रोफाइल हेर्न मन लाग्यो । उनले लेखेका र पोस्ट गरेका हरेक कुराहरु हेरे अनि त्यो ठूलो चस्मा लगाको फोटोमा कमेन्ट लेखे "इडिटिङ ओभर लोडेड" भनेर । त्यत्तिकैमा उताबाट मेसेज आइहाल्यो "म त्यस्तो नक्कली छु र ?" मैले त्यो प्रस्न हासेरै उडाए । कुराकानी हुँदै गयो ।

क्वारेन्टाइनको ५औ दिन । मैले कुराकानीकै सिलसिलामा मेरो घरतिर घुम्न कहिले आउछौ भनेर सोधे । "ठ्याक्कै कानिर हो भन्नुस , म क्वारेन्टाइन सक्किने बित्तिकै आउछु" भनिन । मैले जिस्केरै "गाडिबाट ओर्लेर २ दिन हिन्नुपर्छ अनि पुगिन्छ मेरो घर" भनेर उत्तर दिए । "त्यसो भए त आउदिन" भनिन । समय बित्दै गयो , हरेक दिन केही नौला कुरा हुँदै गए । मलाइ थाह थिएन म किन उनिसङ बोल्न त्येती धेरै आतुर अनि उत्सुक हुन्थे , किन उनी हरेक समय समयमा मलाइ मेसेज छोड्ने गर्थिन ।
क्वारेन्टाइन को ७औ दिन । मैले सोधे "तिमी सबैसङ यसरी नै बोल्छौ कि मसङ मात्रै हो ?" किन भने मलाइ उनको मनमा म प्रती के भाव छ भन्ने कुरा थाह पाउनु थियो । सायद मेरो त्यो प्रस्नले उनको चित्त दुखेछ क्यारे त्यस्पछी उनले म सङ बोल्न छोडिन । मसङ माफी माग्नु बाहेक अरु उपाएनै थिएन । "सरि" भन्दै मेसेज पठाए । धन्न सरि ले काम गरेछ , उनी बोल्न थालिन । मैले बुझिसकेको थिए जसरी मेरो मनमा प्रेम भाव उब्जिएको थियो , उनको मनमा पनि म प्रती प्रेम पलाइसकेको छ ।

समय बित्दै गयो , क्वारेन्टाइन पनि सकियो । सबै आफ्नो आफ्नो काम तर्फ फर्किसकेका थिए । म पनि पढाइको सिलसिलामा काठमाडौ तर्फ लाग्ने तरखर गर्न थाले । खप्तड यातायातको नाइट बस चडेर , कुसुमलाइ "बाइ" लेखेर मेसेज पठाउदै लागे काठमाडौ तिर । लगभग १८ घन्टाको यात्रा पार गर्नुपर्ने, साइडको सिटमा एकजना व्यापारी पर्नुभयो । अत्तरिया बाट लम्की पुग्दासम्म उहाले आफ्नै गफ एकोहोरो सुनाइरहनु भयो । त्यसपछी कतिखेर निदाएछु मैले पत्तै पाइन । कोहलपुर पुग्दा म निन्द्राबाट बिउझिए । अँध्यारो भैसकेको थियो । म बिउझनु कारण थियो पछिल्लो सिटमा बसेर जोरजोरले गफ गरिरहेका केटिहरु । मोबाइल निकाले अनि फेसबुक खोले , उनले मेसेज गरेकी थिइन "म पनि आज काठमाडौ जाँदै छु , उता पुगेर भेटौला " । म खुसी भए तर आज नै जाने भए पहिले नै भन्नुपर्थ्यो, सङै जान हुन्थ्यो भन्ने कुराले एकछिन रिस उठ्यो । "हुन्छ, तिम्रो फोन नम्बर दिइराख " लेखेर पठाए । एकैछिनमा मेसेज आयो ".. यो मेरो नम्बर हो , म अहिले कोहलपुर आइपुगे" । म झसङ भए , जिस्केको हो कि साच्चै भनेको हो छुट्टाउन गार्हो भयो । यसो बसभरी नजर घुमाए , कतै यै बसमा त हैन भनेर । फेसबुकको फोटो जस्तो कोहि मान्छे देखिन । "म पनि त्यही त पुगे , कुन गाडिमा छौ तिमी? " भनेर मेसेज फर्काए । धेरै बेर कुर्दा पनि रिप्लाइ नआएपछी मोबाइल बन्द गरेर सुते ।

रातिको खाना खान गोरुसिङ्हेमा गाडी रोकियो । नम्बर छदै थियो , कहापुग्योउ भनेर सोध्छु भनेर फोन लगाए । नक्कल पारेर बोलेझै "हेल्लो" भन्दै हास्दै फोन उठाइन उनले । मैले "कहाँ पुग्योउ" भनेर सोधे । " हजुर भन्दा अलि पछाडी छु , खाना खान ओर्लेको" भनेर जवाफ आयो । अब म पक्का भए कि उनी पनि पक्कै त्यै गाडीमा छिन । मैले भेटौ भने अनि भेट्नलाइ उत्सुक भएर कुरेर बसे । म अफ्ट्यारो अवस्थामा थिए , पहिलो पल्ट कुनै केटिलाइ भेट्न गैरहेको थिए , त्यो पनि फेसबुकमा चिनजान भएको भरमा । त्यै पनि हिम्मत गरेर भेट्छु भनेर बसे । एकैछिनमा मेरो छेउमा आएर कुसुमले हात हल्लाउँदै "हाइ" भनिन । म लाजले रातो पिरो भैसकेको थिए । उनिसङै उनकी साथी पनि थिइन । के भन्ने के भन्ने भयो अनि हात हल्लाएरै हाइ फर्काए । अनि सम्झे , मेरो सिट पछाडी हल्ला गर्नेव्केटिहरु त तिनिहरु नै हुन । एक छिन सबै चुपचाप लागेर बस्यौ । कुरा केही पनि थिएन , अनि खाना खान गयौ ।
मैले र कुशुमकि साथिले खाना खायौं तर कुशुमले खाइनन । साकाहारी मान्छे , बाहिरतिरको नखाने रे । खाना खाइसकेर गाडिमा बस्यौ । कुशुमलाइ सोध्नु पर्ने त धेरै कुराहरु थिए तर समयले साथ दिएन । गाडी हिड्यो अनि हामी पनि निदायौ ।

भोलिपल्ट बिहानै चिया खान भनेर गाडिले रोक्यो । म निदाएको निदाएइ भएछु । मलाइ कसैले बिउझिनलाइ कर गरेको जस्तो लाग्यो । हातमा चिया लिएर कुशुम मलाइ बिउझाइरहेकी थिइन । उनले मेरो हातमा चिया र बिस्कुट थमाइदिइन र आफू सिटमा गएर बसिन । उनको त्यो ब्व्हारले मलाइ उनिप्रती झन माया बडेर आयो । "मैले हजुरलाइ कोहलपुरमै देखेको , के गर्नु हुन्छ भनेर बिचार गरेको" उनले भनिन । म केही बोलिन , चिया मा बिस्कुट चोपेर खान तिर ध्यान लगाए अनि कुरा गर्न थाले । हासो मजाक गर्दागर्दै काठमाडौ आइपुग्यो । यात्रा कति छोटो भएजस्तो लाग्यो । मनका कुरा भन्दिउ जस्तो लागेको थियो , तर , अह ! हतार गर्नु हुदैन भन्ने लाग्यो । कुरा गर्दै गरौला है भन्दै हामी छुट्टियौ ।

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति...

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! ...