Skip to main content

आगमन

धेरै समयको लेखन विश्राम पछि हातका औंलाहरु फेरि सलबलाउन थाले। एउटा परिकल्पना थिइन आर्जु , छुट्टै कल्पना थियो मेरो , अनि माया पिरतिका कथा थिए । मनमा धेरै कथाहरुले बिस्फोटन गर्न थाले , मनमा एउटा बेचैनी जस्तै हुन थाल्यो । अनि सुरु गरे स्वोर्णिम सम्झनाका कथाहरु । मेरो परिकल्पना - आर्जु , आज उन्को परिकल्पना धमिलो हुँदै गयो किनकि म सङ मेरो बर्तमान छ मेरो बास्तविकता छ आज। त्यो परिकल्पनाको अन्त्य सङै एउटा सुन्दर कथाको रचना गर्नु थियो  ।

त्यस दिन , Feb 25 अझ भनौ valentine month, +2 कलेजका दिनहरु ।  जुन कथा लेख्न गइरहेको थिए न त त्यस्को सुरुवात याद आयो न त कुनै अन्त्य नै छ जस्तो लाग्यो । भनेको थिए आर्जुलाइ महिनाको अन्त्यमा घुमाउन लैजान्छु भनेर । त्यतिखेर मैले एउटा निलो रङ्ग को स्कुटर पनि किनेको थिए , त्यसै स्कुटरमा आर्जुलाइ घुमाउन लैजाने ठूलो धोको थियो तर जैले रिसाएर , न त स्कुटिले आर्जुलाई घुमाउन पायो न त मैले आर्जुलाइ घुमाउन लैजाने सपन पूरा गर्ननै सकेको थिए । अहिले आएर साइत जुरेको रहेछ क्यारे । सनिबार फन पार्क घुम्न जाने भइयो । नरिसाउन पनि किन , न त मैले रोज डे मा गुलाब नै टिपेर दिए न त भ्यालेन्टाइन डेमा भेट्न नै गए । आर्जु सङ भेट भएको पनि एक बर्ष पूरा भैसकेको थियो तर मन मनै मन पराए पनि प्रेमी प्रेमिकाको सम्बन्ध चै थिएन बरु हासो मजाकमै भएपनी प्रेम पत्र चै लेखियो ।

उन्ले मलाइ सधै सोध्ने गर्थिन तिमी किन यति छुच्चो ह ! ? म मुस्कुराउदै जवाफ दिन्थे "म त बच्चै देखि यस्तै हो " , उनि भन्थिन " तिमी अझै पनि बच्चा नै छौ " धेरै पछि थाहा पाए किन उन्ले बेबि भनेर बोलाउन थालिन भनेर । सनिबार घुम्न जाने भनेकाले , बिहिवार नै उनीले फोन गरेर सोधिन । मैले शुक्रबार फेरि फोन गरे तर फोन पनि अफ थियो , धेरै पटक प्रयास गरे तर सम्पर्क हुन सकेन,  मनमा एकाएक अनौठो डर पैदा भयो । उनी नभनी कहाँ  गइन , अब कसरी कन्ट्याक्ट् गर्ने , कतै उन्लाइ केही त भएन !! यस्तै यस्तै कुराहरु मनमा खेल्न थाले । रातभरी निदाउन सकिन , आखिर के भयो होला त्यस्तो । सुस्केरा हाल्दै रात बित्यो । बिहानै फेरि फोन गरे , फोन उठाइन , मैले केही सोध्नु भन्दा पहिले नै उन्ले भनिन "म आज आउन भ्याउदिन ल" यति भन्दै फोन काटियो ।

मनमा धेरै कुराहरुले कुस्ती खेल्न थालिसकेका थिए । कताकता रीस पनि उठ्यो , फेरि सोचे केही काम पर्यो होल , तर भन्नै नमिल्ने , फोननै अफ गरेर बस्नु पर्ने के हुन सक्छ ! त्यही प्रस्न मनमा घुमिरहयो । हप्ता बित्यो , महिना बित्न लाग्यो उन्ले फोन गरिनन ।  अब मेरो मनमा एउटै कुरा थियो कि सायद म बाट टाडा हुने चाहाना होला । हुन पनि हो , न त उनिले जुनि जुनि साथ दिन्छु भनेर कसम नै खाएकी थिइन न त कहिलेइ तिमी बिना बाच्न सक्दिन भनेर नै भनेकी थिइन । मैले सम्झे घरबाट टाडा पड्न पठाउदा आमाले भन्नुभएको कुरा - छोरा त सोझो छस , कसैले केही कुरामा फसाउला ख्याल राख्नु । अहिले आएर लाग्यो हो म सोझो नै रहेछु , आर्जु सङको तो हासो मजाक , त्यो ठट्टा लाई मैले आत्मियताको नाता दिएछु । 

समय बित्दै गयो +2 को पडाइ पनि सक्कियो , धेरै दुख गरेर मेडिकल पड्नलाइ नाम निकालियो । आर्जुको सम्झना पनि कहाँ बिलिन भयो कहाँ । सुनौलो जिवनको कल्पना गर्दै लागियो गन्तव्य तर्फ - पोखरा । मेडिकल कलेजमा भर्ना पनि भए । जिवनमा गर्नु परेका दुखहरुले सार्थकता पाएजस्तो लाग्यो । सपनाको सहर थियो पोखर पनि । सफा सडकहरु , मुस्कुराइरहेका हिमालहरु अनि सुस्केरा हाल्दै गरेका ताल र नदिनालाहरु ।  कलेज सुरु भयो , नया ठाउँ , नया मान्छेहरु अनि नया साथिहरु , यी सबैको बिचमा नया अस्तित्व खोज्दै गरेको म । ठूलो सपना बोकेर हिडिएको थियो , एउटा राम्रो डाक्टर बन्नुपर्छ भन्ने , त्यसैमाथी अर्को सपना थियो देश-बिदेश घुम्ने । बिस्वका कुना कन्दराहरुमा पुग्ने अनि एउटा छुट्टै पहिचान बनाउने । पडाइका दिनहरु पनि सुरु भए । नया नया साथिहरु बनाइए । केटि साथी ? त्यो पनि भए । स्कुलमा छदा केटिहरुसङ बोल्न समेत लजाउने म , अब बोल्न सक्ने भएको थिए तर सम्बादको सुरुवात भने कहिलेइ आफुबाट गर्न सकिएन ।  एउटा मिल्ने साथी थियो , जो सङ मेरो हरेक बिचार र स्वभाव मिल्थ्यो जस्तो लाग्यो । तर कारणवस उस्ले प्रथम बर्षमै आफ्नो पडाइ छोडेर गयो । फेरि एकपल्ट एक्लो महसुस गरे । समय बित्दै गयो प्रथम बर्ष पनि सकियो ।

त्यो नौलो ठाउँमा बिरानो मान्छे थिए म , सोचेको थिइन कहिलेइ कोहो जिवनमा आउनेछ र त्यो बिरानो ठाउँ आफ्नै लाग्नेछ । जिवनमा कसैको उपस्थिति यस्तो भैदिन्छ कि एक जिवनको कथाको दुई पात्र भैदिन्छन , दुई भावनाहरु एक भैदिन्छन र मनलाइ उथलपुथल पारिदिन्छन । उनको आगमन , मेरालागी एउटा नया वसन्त ऋतु जस्तै भयो । सपना त त्यो पनि थियो , कोहि होस , मलाइ आफुलाइ भन्दा पनि धेरै माया गर्ने । सपनाको सुरुवात भयो , उनको आगमन संगै  ...........

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

पुतली

म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ ।  हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने ...