Skip to main content

तिम्रो कथा

जादा जाँदै रातिको ११ बजिसकेको थियो । नाइट बसले खाना खान भनेर नारायनगणमा रोक्यो, खाना खान पटक्कै मन थिएन त्येसैले पुलतिर हिड्दै गए । उ एकोहोरो पाराले बगिरहेको पानी हेरेर बसिरहेको थियोे । म, उसङ बोल्ने उदेश्यले उसको नजिक गए। अध्यारोमा उस्को अनुहार चिन्न सकिन , अनि बिना प्रसङ्ग रातको त्यो चिसो मौसमलाइ लिएर उसङ बोल्ने प्रयास गरे । एकैछिनमा पल्लोतिरबाट आउदै गरेको गाडिको चहकिलो बत्तिले उस्को अनुहार प्रस्टै सङ देखियो । मोति जस्तै चम्किरहेका थिए उस्का आखामा ती आसुहरु । मुटु चिसो भयो, कुनै नौलो अनुहार थिएन त्यो । उ लाग्छ बर्सौ पुरानो सम्बन्ध थियो त्यो अनुहार सङ ।
 उस्को र मेरो भेट धरानको बि.पि. कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा भएको थियो । अस्पतालको त्यो सैयामा उस्ले कसैलाई जिवनदान दिएको थियो, या भनौ मेरो यो जीवन उसैको ऋण थियोे। उस्को त्यो सानो प्रयासले धेरैको मुहारमा खुसीका किरणहरु झल्किरहेका थिए। त्यसदिन म बिरामी थिए , आज मैले उसलाई बिरामी देखिरहेको छु ।
मैले उस्लाइ त्याहाबाट गाडी रोकिएको ठाँउतिर लगेर गए र तातो चियाको चुस्की लगाउदै उस्को अँखामा आँसु बनेर बगिरहेका उसका मनका चित्रहरु बुझ्ने प्रयास गरे ।
उ मौन थियो , लाग्थ्यो उस्ले बोल्न बिर्सिसक्यो , लाग्थ्यो मेरो अगाडि उस्को आकृत तस्बिर मात्रै छ ।
हुन त म पनि एउटा मेडिकल पड्ने विद्यार्थीनै हु तैपनी मैले उभित्र गुम्सिएको त्यो डरलाग्दो भावनाको उपचार गर्न सकिरहेको थिएन ।
"मलाई पनि येइ पानीसङ बग्न मन छ , अनि मेरि आर्जु भएकै ठाउँमा जान मन छ " - आखाभरी रसाएका आसुहरुलाइ भुइँमा पोख्दै उस्ले मनको बह पोख्यो ।
त्यतिन्जेल सम्म बस त्याहाबाट हिड्न तयार भइसकेको थियोे  । मैले उसलाई उ कहाँ बाट त्यहा आइपुग्यो र कहाँ जादैछ भन्ने कुरा सोध्न अति नै आवश्यक लाग्यो र सोधे पनि । उस्ले धरान फर्किरहेको कुरा गर्यो । पछि धरानमै भेटौला भन्दै म त्यहा बाट हिडे । मलाइ उस्को बारेमा खासै केही पनि थाह थिएन तर उस्को त्यो अवस्थाले मलाई सोच्न बाध्य बनायो ।
मेरो घर 'नेपालगन्ज' , बिहानिको घामको किरण धर्तिमा पुग्न नपाउदै , म गन्तव्यमा पुगिसकेको थिए तर रात भर उस्कै बारेमा सोच्न बाध्य भए म , आखिर के भयो उस्लाइ - आदित्य लाई , उस्को नाम चै थाह थियो मलाई ।
अरुको जीवनको कथालाई शब्दमा उतार्नु मेरो सोख थियो । मलाइ आदित्यको जिवनलाइ आफ्ना सब्दमा बर्णन गर्न मन लाग्यो । मैले उस्को fb search गर्ने र उस्लाइ सम्पर्क गर्ने बिचार गरे । उस्को profile भेटियो पनि , कभर picture मा कुनै पहाडि जिल्लामा खिचिएको फोटो थियो । मैले उस्लाइ मेसेज पठाए 'आदित्य , म तिमिलाइ एक्चोटी भेट्न चाहन्छु" । धेरै दिनसम्म उस्को कुनै उत्तर आएन । लगभग एक हप्ता पछि उस्ले , 'हुन्छ भेटौ' भनेर उत्तर पठायो ।
मैले धरान पुग्नासाथ उस्ले दिएको ठेगानामा उस्लाइ भेट्न भनेर गए । 'घोपा क्याम्प' मा MBBS चौथो बर्षमा अध्ययनरत रहेछ उ । हामी गफ गर्ने सोच बनाएर Teksan खाजा घर गयौ । मैले उसलाई उस्को जीवनको यथार्थको बारेमा जान्न चाहेको बारे बताए । उस्ले खुल्न चाहेन । मैले आफ्नो परिचय दिए । ' आयुष बराल , Nobel Medical College मा BDS फाइनल year मा अध्यनरत ' यती भनेपछी उस्ले कफिको सुर्की सङै आफ्नो जिवनको कथा सुरु गर्यो ।
मेरो घर महेन्द्रनगर,

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

मन

मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन । आजको मिठास भोलिको लागि एक बिष हो भने आजको मिठास भोलिको लागि एक बिष हो भने त्यही बिष खाइ खाइ यो जिन्दगी जिउनु किन । सन्सार यस्तै स्वार्थी छ अरे भन्ने थाह छ्दै छ भने आँखा चिम्ली कसैलाइ अन्धो बिस्वास गर्नु किन । भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलि के हुन्छ भन्ने डरले आज मुटु दुख्छ भने भोलिका लागि आँखा बन्द गरि सपना बुन्नु किन । भर छ, भरोसा छ अनि सपनाकै साहारा छ भने मन भरी खेल्ने आकृतीको स्वरुपदेखी डराउनु किन । मन लुगाफाटो जस्तै हो रे फाट्न केही बेर लाग्दैन यदि फाट्छ नै भन्ने था छ भने मन सिउनु किन ।  

पुतली

म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ ।  हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने ...