Skip to main content

तिम्रो कथा

जादा जाँदै रातिको ११ बजिसकेको थियो । नाइट बसले खाना खान भनेर नारायनगणमा रोक्यो, खाना खान पटक्कै मन थिएन त्येसैले पुलतिर हिड्दै गए । उ एकोहोरो पाराले बगिरहेको पानी हेरेर बसिरहेको थियोे । म, उसङ बोल्ने उदेश्यले उसको नजिक गए। अध्यारोमा उस्को अनुहार चिन्न सकिन , अनि बिना प्रसङ्ग रातको त्यो चिसो मौसमलाइ लिएर उसङ बोल्ने प्रयास गरे । एकैछिनमा पल्लोतिरबाट आउदै गरेको गाडिको चहकिलो बत्तिले उस्को अनुहार प्रस्टै सङ देखियो । मोति जस्तै चम्किरहेका थिए उस्का आखामा ती आसुहरु । मुटु चिसो भयो, कुनै नौलो अनुहार थिएन त्यो । उ लाग्छ बर्सौ पुरानो सम्बन्ध थियो त्यो अनुहार सङ ।
 उस्को र मेरो भेट धरानको बि.पि. कोइराला स्वास्थ बिज्ञान प्रतिस्ठानमा भएको थियो । अस्पतालको त्यो सैयामा उस्ले कसैलाई जिवनदान दिएको थियो, या भनौ मेरो यो जीवन उसैको ऋण थियोे। उस्को त्यो सानो प्रयासले धेरैको मुहारमा खुसीका किरणहरु झल्किरहेका थिए। त्यसदिन म बिरामी थिए , आज मैले उसलाई बिरामी देखिरहेको छु ।
मैले उस्लाइ त्याहाबाट गाडी रोकिएको ठाँउतिर लगेर गए र तातो चियाको चुस्की लगाउदै उस्को अँखामा आँसु बनेर बगिरहेका उसका मनका चित्रहरु बुझ्ने प्रयास गरे ।
उ मौन थियो , लाग्थ्यो उस्ले बोल्न बिर्सिसक्यो , लाग्थ्यो मेरो अगाडि उस्को आकृत तस्बिर मात्रै छ ।
हुन त म पनि एउटा मेडिकल पड्ने विद्यार्थीनै हु तैपनी मैले उभित्र गुम्सिएको त्यो डरलाग्दो भावनाको उपचार गर्न सकिरहेको थिएन ।
"मलाई पनि येइ पानीसङ बग्न मन छ , अनि मेरि आर्जु भएकै ठाउँमा जान मन छ " - आखाभरी रसाएका आसुहरुलाइ भुइँमा पोख्दै उस्ले मनको बह पोख्यो ।
त्यतिन्जेल सम्म बस त्याहाबाट हिड्न तयार भइसकेको थियोे  । मैले उसलाई उ कहाँ बाट त्यहा आइपुग्यो र कहाँ जादैछ भन्ने कुरा सोध्न अति नै आवश्यक लाग्यो र सोधे पनि । उस्ले धरान फर्किरहेको कुरा गर्यो । पछि धरानमै भेटौला भन्दै म त्यहा बाट हिडे । मलाइ उस्को बारेमा खासै केही पनि थाह थिएन तर उस्को त्यो अवस्थाले मलाई सोच्न बाध्य बनायो ।
मेरो घर 'नेपालगन्ज' , बिहानिको घामको किरण धर्तिमा पुग्न नपाउदै , म गन्तव्यमा पुगिसकेको थिए तर रात भर उस्कै बारेमा सोच्न बाध्य भए म , आखिर के भयो उस्लाइ - आदित्य लाई , उस्को नाम चै थाह थियो मलाई ।
अरुको जीवनको कथालाई शब्दमा उतार्नु मेरो सोख थियो । मलाइ आदित्यको जिवनलाइ आफ्ना सब्दमा बर्णन गर्न मन लाग्यो । मैले उस्को fb search गर्ने र उस्लाइ सम्पर्क गर्ने बिचार गरे । उस्को profile भेटियो पनि , कभर picture मा कुनै पहाडि जिल्लामा खिचिएको फोटो थियो । मैले उस्लाइ मेसेज पठाए 'आदित्य , म तिमिलाइ एक्चोटी भेट्न चाहन्छु" । धेरै दिनसम्म उस्को कुनै उत्तर आएन । लगभग एक हप्ता पछि उस्ले , 'हुन्छ भेटौ' भनेर उत्तर पठायो ।
मैले धरान पुग्नासाथ उस्ले दिएको ठेगानामा उस्लाइ भेट्न भनेर गए । 'घोपा क्याम्प' मा MBBS चौथो बर्षमा अध्ययनरत रहेछ उ । हामी गफ गर्ने सोच बनाएर Teksan खाजा घर गयौ । मैले उसलाई उस्को जीवनको यथार्थको बारेमा जान्न चाहेको बारे बताए । उस्ले खुल्न चाहेन । मैले आफ्नो परिचय दिए । ' आयुष बराल , Nobel Medical College मा BDS फाइनल year मा अध्यनरत ' यती भनेपछी उस्ले कफिको सुर्की सङै आफ्नो जिवनको कथा सुरु गर्यो ।
मेरो घर महेन्द्रनगर,

Comments

Popular posts from this blog

रहर

"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा  कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...

शाब्दिक भावना

" जन्म अन्तराल भयो त के भयो , आखिर रगत एउटै हो तिम्रो र मेरो , बंश एउटै हो तिम्रो र मेरो । म तिमी भन्दा पाँच दस मिनट पछि जन्मे त के भयो आखिर शुक्रकिट र डिम्ब एउटै हो तिमी र मलाई यस धर्तिमा ल्याउने । जन्मले तिमी र म जुम्ल्याहा बन्यौ तर समाजले त मलाइ कान्छो अनि तिम्लाइ जेठो भन्छ नि त । म कसरी कान्छो अनि तिमी कसरी जेठो । तिमी र म मा फरक भनेको त्यै औठा को छापमा मात्रै त हो नि हैन र ! " एउटै कोशबाट उत्प्न्न भएका दुई जिवनमा त यस्तो भावना उत्पन्न भयो भने , ए साथि तिमी र मेरो नाता त भखर भखर गासिएको हो । मैले तिम्रो अनि तिमिले मेरो ईष्र्या गर्नुलाइ म कुनै अनौठो कुरा मान्दिन । मेरो ईष्र्या गरेरै तिमी सफलताको शिखरमा पुग्न सक्छौ भने म हासी हासी स्वीकार गर्छु तिम्रो म प्रती को भावनालाई । तर तिम्रो भावनामा त म प्रती ईष्र्या होईन घृणा देख्छु म , मलाइ सानो देखाउन खोज्ने नकारात्मक सोच देक्छु म । मेरो बिन्ति हैन यसलाइ एउटा सुझावको रुपमा लिनु तिमी , हो तिम्रो प्रगतिमा म पनि खुसी नहुला मलाई पनि तिमी प्रती ईष्र्या लाग्ला तर म त्यस्लाइ सकारात्मक रूपमा प्रस्तुत गर्नेछु । मैले कैलेइ पनि ति...

नाटकिय प्रणय दिबस

"*एउटा सुन्दर बगैंचा , अनि तिमी र म - साथ दिदै थियो सुमधुर संगीतले ; रमाउदै थियौ हामी कल्पनाको सागरमा*" झसङ्ग निन्द्रा खुल्यो , मोबाईलमा त्येहि सुमधुर संगीत बज्दै थियो Alarm भनेर । प्रणय दिबस- आफुले माया गरेकालाई मायाको आभास दिलाउने दिन ; सायद । बर्ष भरी नफक्रेको फुल एकदिन फक्रेला ; त्यो म पत्याउछु तर नानाभाती नाटक गरेर आज प्रेमको आभास दिलाउन सकिन्छ ; त्यो म मान्दिन । माय बिस्वासमा हुन्छ, सम्मानमा हुन्छ, सद्भावमा हुन्छ अनि व्यबहारमा हुन्छ ; गुलाब, चकलेट , गुडिया र भौतिक स्पर्समा होइन । यहाँ धेरैले मायाको ब्याख्या गरेका पनि छन तर ती अक्षरमा मत्रै राम्रा लाग्छन । माया त मैले पनि गरेको छु तर मेरो माया अक्षरमा बर्णन गरेझै छैन । हिजो अस्ति कहिले हो , कसैले मलाई सोधेको थियो, 'who is your crush?' रे ! मेरो सरल उत्तर थियो 'I have a merit list' , त्यो मान्छे हास्दै गयो, तर उसलाई थाह थिएन होल सायद त्यो list भरी एउटै मात्र नाम थियो भनेर । बुझ्न् नसकियेको र भन्न नसकिने यो माया अनौठो छ , त्येसैले आफुलाइ त rose day आएर नि के भो , valentine day आएर नि के नै हुन्छ र ! ...