"मलाइ नि काजल लगाको कस्तो सुहाउछ रे नि त" "कस्ले भन्यो नानू तिम्लाइ ?" "मेरो साथीले भनेको" काजल सौन्दर्यका लागि लगाइन्छ भन्ने आभाष भएछ - त्यो सानो कलिलो मस्तिस्कमा । रहरै त हो , ठुलाले जे गरे सानाले पनि त्यही नै त सिक्ने हो नि । "हो नानू तिमी परि जस्तै देखिन्छौ" - मैले भने । उस्को खुसिलाइ समर्थन गर्नु थियो मैल । मैले मेरो बालापन सम्झे केही पलका लागि । दशै-तिहारमा नयाँ लुगा लगाउदा सबैले "अब त हिरो भइस" भन्थे , अनि म पनि राजेश हमाल स्टाइलमा हिड्न थाल्थे । मेरो पनि रहर थियो तर अनौठो - मलाइ चस्मा लगाउन खुब मन पर्थ्यो । सुनेको थिए हरियो साग-सब्जी खाएन भने आँखा कमजोर हुन्छ रे अनि चस्मा लगाउनु पर्छ भन्ने । चस्मा लगाउने रहरले नै सागसब्जी खान्न भन्थे । अरुकै भएनी चस्मा लगाउथे, नाकको टुप्पोमै बस्ने गरि अनि अाँखा माथितिर फर्काउदै सबैलाइ हेर्थे , सबैजना हास्नुहुन्थ्यो अनि लाजले भुतुक्क हुँदै लुक्न जान्थे । "अंकल , यो कलर यसरी लाउने हो है" भन्दै ओठभरी लिपिस्टिक पोतेर आइ सानी परि । मैले हासो थाम्नै सकिन । मैले हास्दा उ अचम्म...
Comments
Post a Comment