मेरै मुटुसङै टासिएर बसेको थियो त्यसदिन, त्यो निर्जिब कलम । अह: अलिकती पनि चलमलाएन । मैले मेसो सम्म पनि पाइन उ मसङै छ भनेर । म त्यो भिडमा एउटा कलम खोज्दै हिडेको थिए, उफ ! म कतिसम्म हुस्सु : जुन कुरा आफैसङै थियो , त्यही अरुसङ माग्दै हिडेको थिए, तर मैले महसुस गर सकिन ।
साएद मेरो ब्यवहार देखेर चित्त दुखाउदै थियो होला तर आँसु झार्न सकेन , चुपचाप रहिरह्यो मेरो कलम । केही दिन पहिले मात्रै मैले उस्लाइ पर सुनसान सडकमा अलपत्र अवस्थामा भेट्टएको थिए । सोचेको थिए , मेरा जिबनका अघिल्ला केही पानाहरु अब यसैले लेख्नेछ ।

मनमनै सोच्दै थिए , जिबनका केही पलहरुलाइ अक्षरमा उतार्न नपाउदै फेरि अलपत्र परेछ क्यारे मेरो कलम । .....
म हिड्दै थिए फेरि एउटा अर्को कलमको खोजिमा ........
Comments
Post a Comment