म खोज्दै थिए आफ्नो अस्तित्व , जहाँ झुसिल्किरो भनेर हेपिएको म अनायासै सुन्दरताको प्रतीक कसरी भए । तर अझैपनि मैले आफुलाइ सम्हाल्न सकिन , पुतली भनेर मैले प्रसंशाको पात्र हुने मौका पाए या निर्जिब खेलौना सङ मलाइ तुलना गरिएको हो । हो म त्यै झुसिल्किरो हु जस्लाइ बेवास्ता गरेर छोडिएको थियो , त्यै झुसिल्किरो हु जस्को स्पर्सदेखी सबै डराएर छेउ पर्न चाहेनन , हो म त्यै झुसिल्किरो हु जसलाइ हेक्का पनि थिएन कि कुनै दिन म पनि एउटा सुन्दर पुतली हुन सक्छु भनेर । सुन्दा र हेर्दा कति राम्रो "पुतली" तर मेरो बेदना ती कलिला मुनाहरुलाइ मात्रै थाह छ , ति पातहर्लाइ मात्रै थाह छ र मलाइ स्पर्श गर्ने ती स्वच्छ शितका थोपाहरुलाइ मात्रै थाह छ । हो मैले मेरा बेदनाहरु ती सुन्दर फुलहरुसङ पोखेको छु जस्ले मेरो शोभा बडाएका छन । थाह छैन हिजोको झुसिल्किरो आज पुतली त बन्यो तर भोलि म पुतली रहुला नरहुला, मेरा सुन्दर पंखहरु रहलान नरहलान , भोलि ती फुलहरु जस्लाइ मैले मेरो बेदना पोखेको छु जोसङ मैले मेरा भावनाहरु साटासाट गरेको छु उनिहरुले साथ देलान नदेलान । खुसी छु त केबल पुतली हुन पाएर , जहाँ झुसिल्किराको बारे बुझ्ने ...